भित्र खाओवाद बाहिर माओवाद : डा. भट्टराई

0
Shares

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै ‘भित्र खाओवाद बाहिर माओवाद’ भन्दै ‘दुईजिब्रे प्रवृत्ति’ले देश नबन्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले अमेरिकी अनुदान सम्झौता (एमसीसी)लाई अनावश्यक रूपमा गिजोल्न नहुनेसमेत बताएका छन् । अति भए खती हुने उनको तर्क छ ।