संसद अवरोध खुलाउनेबारे सभामुख र कानुन मन्त्रीबीच छलफल

0
Shares

न्युज अफ नेपाल काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटा र कानुन, न्याय तथा संघीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु बिचमा भेटवार्ता भएको छ । लामो समय देखी अबरुद्ध हुदैँ आएको प्रतिनिधिसभा बैठकलाई सुचारु गर्नका लागि सभामुख सापकोटा र कानुन मन्त्री वडुका बिचमा भेटवार्ता भएको हो ।

‘कानुन मन्त्री संसद सचिवालयमा आउनु भएको थियो, सभामुख र कानुन मन्त्रीका बिचमा अबरुद्धा संसद सुचारु गर्ने बिषयमा छलफल केन्द्रित थियो,’ सभामुखका प्रेस बिज्ञ श्रीधर न्यौपानले भने, ‘संसदमा छलफलको वातावरण नभएको कुरा सभामुखले राख्दैँ त्यसका लागि वातावरण बनाउन सरकार र राजनीतिक दल दुवैले भुमिका खेल्नु प-यो भन्ने सन्देश सरकारलाई पठाउनु भएको छ । उनका अनुसार अबरुद्ध संसद खुलाउन सरकारले पहल गर्ने र सभामुखले पनि नियमसंगत संसद सञ्चालन गर्ने बिषयमा दुवै पक्षमा बिचमा सहमति भएको छ ।

अपरान्ह संसद सचिवालय पुगेका कानुन मन्त्री बडुले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई टेबुल गर्न आग्रह गरे संसद सचिवालयले भने त्यसवारेमा स्पष्ट जानकारी दिएको छैन । ‘एमसीसी टेबुल गर्ने बिषयमा छलफल भयो कि भएन, त्यो बुझन पाएको छैन’ न्यौपानेले भने ।