प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै,एमसिसीबारे छलफल गर्ने



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेर बहादुर देउवा, प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजे तीन नेताबीच  सदनमा एमालेले कायम राखेको गतिरोध अन्त्य गर्ने तथा एमसिसीका बारेमा  छलफल हुने सचिवालयले जनाएको छ ।

लामो समयदेखि सदन अवरुद्ध गर्दै आएको नेकपा एमालेका अध्यक्ष ओली यसपटक भने सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग छलफलका लागि तयार भएकाेहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्