चर्चित भारतीय गायिका लता मंगेशकरको निधन

0
Shares

मुम्वई ।

चर्चित भारतीय गायिका तथा स्वर कोकिलाको नामले परिचित लता मंगेशकरको निधन भएको छ । शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । अघिल्लो दिन उनको स्वास्थ्य बिग्रिएपछि उनलाई आईसीयूबाट भेन्टिलेटरमा राखिएको थियो ।

आइतबार, शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको जानकारी दिए । यसअघि शनिबार लता मंगेशकरको स्वास्थ्यमा सुधार आएपछि उनलाई भेन्टिलेटरबाट आईसीयूमा सारिएको जानकारी चिकित्सकहरुले दिएका थिए । शनिबार अचानक उनको स्वास्थ्य बिग्रन थालेपछि उनलाई फेरि भेन्टिलेटरमा राखिएको थियो । उनले आइतबार बिहान अस्पतालमा अन्तिम सास लिएकी थिइन ।