शनिबार १,७१४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

शनिबार थप १,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८,५१३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा १,१०३ र ३,२८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी १,७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । यस्तै आज ४,७७१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ५२ हजार ७८० संक्रिय संक्रमित छन् ।