गृहमन्त्री खाणद्वारा मेलम्ची खोलाको पुल उद्घाटन

0
Shares

सिन्धुपाल्चोक ।

गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल ९बेलिब्रिज० उद्घाटन गरेका छन् । गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटे बजारस्थित पुल बगाएको थियो । हेलम्बु गाउँपालिका– २ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे र भीरखर्क जोड्ने पुल नेपाली सेनालाई निर्माण गर्ने जिम्मेवारी दिएको थियो । करिब नौ सातामा तयार गरिएको पुल आजै सडक विभागलाई हस्तान्तरण गरिएको छ । ४८।७७ मिटर लम्बाइ र ४।२० मिटर चौडाइ रहेको उक्त पुलको भारबहन क्षमता २४ टन छ ।

बाढी आएर पुल बगाएपछि खोला वारिपारि गर्न निकै कष्ट बेहोर्दै आएका स्थानीयवासीलाई नयाँ पुल निर्माणपछि अत्यावश्यक खाद्य सामग्री ओसारपसार र बिरामी हुँदाका बखत उपचारका लागि काठमाडौँलगायतका स्थानमा जान सजिलो भएको छ ।