उर्फी जावेदको बोल्ड लुक्स, पुन:ट्रोलको सिकार


न्युज अफ नेपाल, काठमाडौं ।

अभिनेत्री र इन्स्टाग्रामर उर्फी जावेद सामाजिक सन्जालमा पछिल्लो समयमा धेरै सक्रिय छिन् । वास्तवमा उनी आफ्नो अनौठो शैलीका कारण चर्चामा सधै रहने गरेकी छिन ।

हालै उनी फेरि एकपटक आफ्नो पहिरनका कारण ट्रोलको निशानामा परेकी छिन । उर्फीको स्टाइल, उनको आउटफिट र ड्रेसिङ सेन्स एकदमै फरक छ र उनलाई यो अनौठो स्टाइलका लागि रुचाइएको छ ।

उर्फी जावेद आफ्नो छोटो र अनौठो पहिरनका कारण निकै चर्चामा छिन् । उनका तस्विर पनि दिनहुँ भाइरल भइरहेका छन् । यस्तो अवस्थामा उर्फीले तारिफसँगै ट्रोलिङको सामना गर्नु परेको छ । उर्फीले सेतो कप टप र गुलाबी स्कर्टमा आफ्ना धेरै तस्विरहरू सेयर गरेकी छिन्। यी तस्विरको चर्चा जताततै भैरहेको छ ।