रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु

0
Shares

न्युज अफ नेपाल, धनुषा ।

धनुषामा आज हावाहुरीले रुख ढल्दा च्यापिएर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवैला नगरपालिका–१२ का महेन्द्र सदाकी आठ वर्षीया छोरी प्रतिमाकुमारी सदा र चन्देश्वर सदाका सात वर्षीय छोरा अरविन्द सदा रहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभएको छ ।

सबैला–१२ स्थित फकिरचन्द माध्यमिक विद्यालय बरकुर्वाको प्राङ्गणमा रहेको मसलाको रूख ढल्दा दुवै जना टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिनुभयो ।

बिहीबार रातिदेखि चलेको हावाहुरीले मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । यसैगरी धनुषामा हावाहुरीका कारण ग्रामीण भेगमा फुसको घर भएका व्यक्तिहरुको घरको छाना उडाएको र सोको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।