ल्होछारको अवसरमा आयो ठेकीको मोही (भिडियोसहित)

0
Shares

तामाङको पर्व सोनाम ल्होछार (ल्होसारको) अवसर पारेर नयाँ सेलो गीत ठेकीको मोही मीठो भिडियोसहित सार्वजनिक गरिएको छ।

छिरिङका नामले चिनिने तामाङ भाषाका फिल्मका कलाकार ध्रुवसिंह तामाङले अभिनय गरेको भिडियोमा उनको जोडीका रूपमा सरिता राना मगरले साथ दिएकी छन्। भिडियोमा करन तामाङ र डीबी दोङले पनि अभिनय गरेका छन्। छिरिङ दोर्जे लामाको शब्दमा साम्तेन मोक्तानको संगीत रहेको गीतमा साम्तेन र जितु लोप्चनको स्वर रहेको छ। गीत चा“द सिंहले एरेन्ज गरेका छन्।

गीतको भिडियोमा राजीव आचार्यको कोरियोग्राफी, विजय लामाको छायांकन, राजेश कुमारको सम्पादन तथा धनबहादुर तामाङ (सागर गोले) को निर्देशन रहेको छ।