ग्याङस्टारको कथामा मेक इट लार्ज (भिडियोसहित)

0
Shares

गायक रवि गहतराजद्वारा गाइएको नयाँ गीत मेक इट लार्जको भिडियो सार्वजनिक गरिएको छ। गीतमा धीरविक्रम सिंहको संगीत र शब्द रचना रहेको छ। गीतको भिडियोमा दीपक घिमिरे र युशा मगरलाई प्रस्तुत गरिएको छ।

उनीहरुका साथमा आरुष केसी, राजन थापा, युनिका राई, जोशन धिमाल, दीपक खत्री, अञ्जिता तामाङ, सविना श्रेष्ठ, वर्षा गिरीलगायतले अभिनय गरेका छन्।

म्युजिक नेपालले सार्वजनिक गरेको गीतको भिडियोमा ग्याङस्टारको कथा प्रस्तुत गरिएको छ। पप शैलीको गीतको भिडियोमा रूपेश थापाको निर्देशन, सियोन श्रेष्ठको कोरियोग्राफी र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।