मोडल मोनालिसाको हट फोटोले प्रसंसक भुतुक्कै


न्युज अफ नेपाल, काठमाडौं ।

भोजपुरी सिनेमा, बिग बोसको प्रतियोगी र त्यसपछि हिन्दी टिभी शो मार्फत दर्शकमाझ आफ्नो पहिचान बनाएकी हट अभिनेत्री तथा मोडल मोनालिसा हालै आफ्नो इन्स्टाग्राम अकाउन्टबाट शेयर गरेको बिकिनी तस्विरका कारण चर्चामा छिन् ।

मोनालिसा आफ्ना पछिल्लो तस्बिरमा बोल्ड देखिएकी छिन । तर उनलाई केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पटक्कै मन पराउँदैनन्। जहाँ यी तस्विरहरु ट्रोल भइरहेका छन्, त्यहाँ उनीहरुका फ्यानहरुले उनीहरुलाई मायाको वर्षा गरिरहेका छन् ।

 

सार्वजनिक भएका यी तस्विरहरूमा मोनालिसा स्विमिङ पुलको किरानामा बसेकी देखिन्छिन् । यस क्रममा उनी ओलिभ ग्रीन बिकिनीमा फ्यानहरुको ध्यानाकर्षण गरिरहेकी छिन् । उक्त फोटोमा उनी अचम्मको देखिएकी छिन् । कपालमा जुरो लगाएर क्यामेराको विपरित पोज दिएकी उनी हट देखिन्छिन् । यी तस्विरहरू सेयर गर्दै उनले आफ्नो दिन कसरी बित्यो भन्ने जानकारी गराएकी छिन ।

अभिनेत्रीका यी तस्विरलाई अहिलेसम्म ५३ हजारभन्दा बढीले लाइक गरिसकेका छन् । फ्यानले कमेन्ट बक्समा हट, सेक्सी, अचम्मका शब्दका साथै हार्ट, किस र फायर इमोजी सेयर गरेर उनको लुकको तारिफ गरिरहेका छन् भने कतिपय प्रयोगकर्ताले उनलाई यस्तो लुगा लगाउन सल्लाह दिइरहेका छन् भने धेरै प्रयोगकर्ताले उनको बोल्ड ड्रेसलाई वकवास भनेका छन् ।

कामको कुरा गर्ने हो भने आफ्नो बेजोड स्टाइलका कारण चर्चामा रहेकी मोनालिसाले ‘नजर’ मा बोक्सीको नेगेटिभ भूमिका खेलेर दर्शकलाई निकै प्रभावित गरिन् । तर, अहिले उनी यसको थ्रिलर सिरिज ‘नजर’ मा बोक्सीको भूमिका निर्वाह गरिरहेकी छिन् । यसअघि उनी टिभी शो नमक इश्क र रियालिटी शो बिग बोसमा देखिएकी थिइन् ।