बोल्ड एण्ड ब्युटीफुल लुक्समा उपासना

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

चर्चित अभिनेत्री उपासना सिंह ठकुरी पछिल्लो समयमा सर्वाधिक माग भएकी कलाकारको रूपमा स्थापित भएकी छिन् । उनलाई धेरैजसो चलचित्रको अफर आउने गरेको छ । तर उनले जुन पायो त्यही फिल्म फिल्म नखेल्ने भएकी छिन । उपासनालाई अहिले थुप्रै फिल्मको अफर आएको छ ।

‘क्याप्टेन, कबड्डी– ३ र डिसेम्बर फल्समा काम गरेकी उपासना अन्य दुई चलचित्रमा काम गर्ने तयारीमा छिन् । चलचित्रको पर्दामा उपासना सामान्य युवतीको भूमिकामा बढी ‘फिट’ देखिएकी छन् । ‘क्याप्टेन र कबड्डी ३’मा उनी गाउँकी युवतीको भूमिका निर्वाह गरेकी छिन् ।

पछिल्लो समय उनले सामाजिक संन्जालमा थुप्रै तस्बिर पोष्ट गर्दै आएकी छिन । विभिन्न बोल्ड तस्बिर सार्वजनिक गर्दै आएकी उपासनालाई प्रशंसकहरूले धेरै माया गरेको देखिन्छ । उपासनाले हालै मात्र खिचाएको एक तस्बिरमा उनी फूलको गुच्छा लिएर बोल्ड अवतारमा प्रस्तुत भएकी छन् । उनको यो तस्बिरमा अधिकांशले उनको सुन्दरताको तारिफ गरेका छन् । साथै, कतिपयले भने उपासनालाई बोल्ड फोटो सुट नगर्न पनि आग्रह गरेका छन् ।