मिस यूएसए चेल्सीद्वारा हामफालेर आत्महत्या

0
Shares

मिस यूएसए २०१९ तथा अमेरिकी मोडल चेल्सी क्रिस्टले आत्मत्या गरेकी छिन्। डेली मेलका अनुसार अमेरिकाको स्थानीय समयअनुसार सोमबार बिहान सवा सात बजे उनले आफू बस्ने बिल्डिङको ६०औँ तल्लाबाट हामफालेर आत्महत्या गरेकी हुन्।

उक्त बिल्डिङको नवौं तल्लामा बस्दै आएकी चेल्सीको कोठाबाट फेला पारेको एक नोटमा उनले आफूले सबै कुरा आफ्नी आमाको लागि छोडेको लेखे पनि आत्महत्याबारे भने केही लेखेकी छैनन्। ३० वर्षीया चेल्सीले आत्महत्या गर्नुको कारणबारे भने प्रहरी छानबिनमा रहेको समाचारमा जनाइएको छ।

आत्महत्या गर्नु केहीअघि उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एक फोटो राख्दै तपाईंहरूको आजको दिन आरामदयी र शान्त होस् लेखेकी थिइन्। पेसाले वकिल रहेकी चेल्सीले मानसिक स्वास्थ्यबारे वकालत गर्दै आएकी थिइन्। उनले आफ्ना पछिल्ला अन्तर्वार्ताहरूमा राम्रो मानसिक स्वास्थ्यका बारेमा कुराकानी गर्दै आइरहेकी थिइन्।