सकियो करिना र अमिषा बीचको दुश्मनी !

0
Shares

बलिउड अभिनत्रीहरूबीचको दुश्मनीको प्रसंग आउँदा अभिनेत्रीद्वय करिना कपुर र अमिषा पटेलको पनि नाम आउने गर्छ। उनीहरूको दुश्मनीको चर्चा बेला–बेलामा गसिप बनेर भइरहेको हुन्छ।

तर, हालै अमिषाले आफूहरूबीचको सम्बन्धबारे मुख खोलेर झगडामा पूर्णविराम लगाएकी छन् । पिंकभिलासँगको कुराकानीमा अमिषाले करिनाको मुक्तकण्ठले प्रशंसा गर्दै आफू र करिनाबीच कुनै पनि दुश्मनी नभएको दाबी गरेकी छिन् ।

‘करिना केही गीतमा निकै राम्री देखिन्छिन् र केही फिल्ममा उनको पर्फमेन्स निकै दमदार छन् । म बेलाबेलामा आफ्ना साथीहरूको साथ उनले गरेका राम्रा कामबारे कुरा गर्छु। उनी एक राम्रो अभिनेत्री हुन्। उनीविरुद्ध मेरो मनमा केही पनि छैन’ कुराकानीको क्रममा उनले भनेकी छिन्। करिनाले आफू र करिनाको पीताका बीच बेलाबेलामा कुराकानी भइरहनेसमेत बताएकी छिन्।

सन् २००० मा फिल्म कहोना प्यार हेपछि करिना र अमिषाबीचको कोल्ड वारको खबर भारतीय सञ्चार माध्यममा छाउने गरेका थिए। कहोना प्यार हेमा सबै भन्दा पहिले करिनालाई लिइएको थियो। तर, करिनाकी आमा अभिनेत्री बबिता कपुरको हस्तक्षेपका कारण उनले उक्त फिल्म केही दिन सुटिङ् गरेपछि छोड्नुपरेको थियो।

करिनाले छोडेपछि फिल्ममा अमिषालाई लिइएको थियो। फिल्म रिलिजपछि करिनाले एक नराम्री अभिनेत्री भन्दै अमिषाको बारेमा प्रतिक्रिया दिएकी थिइन् । त्यसपछिका दिनमा भने दुवैजनाले एक अर्काबारे नकारात्मक प्रतिक्रिया दिँदै आएका थिए। अमिषाले करिनाबारे गरेको प्रशंसापछि भने उनीहरूको दुष्मनी सकिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।