सोफिया इजिप्टको सौन्दर्य स्पर्धामा भिड्दै

0
Shares

मिस इको इन्टरनेसनल नेपाल सोफिया भुजेलले इजिप्टमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेसनल २०२२ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। भुजेललाई मिस इको इन्टरनेसनल नेपालको ताज पहिराउँदै लागि ग्रिन आर्ट मिडियाले सो प्रतियोगिताका लागि चयन गरेको हो।

केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भुजेललाई शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ग्रिन आर्ट मिडियाले सो उपाधिका लागि चयन गरेको हो। भुजेललाई मिस इको इन्टरनेसनल नेपाल २०२० अनुष्मा रायमाझीले ताज पहिराईदिएकी थिइन्।

रायमाझी मिस इको इन्टरनेसनल २०२० मा मिस इको एसिया उपाधि जित्न सफल भएकी थिइन्। भुजेलले आगामी मार्चमा इजिप्टमा हुने ६० बढी देशका इको सुन्दरीको सहभागिता रहने मिस इको इन्टरनेसनल २०२२ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।

प्रतियोगिता सहभागी हुनका लागि भुजेललाई कोरियोग्राफर अनिला श्रेष्ठलगायतले ग्रुमिङ गर्नेछन्। कार्यक्रममा धुम्बाराहीकी २६ वर्षीया भुजेलले नेपालका सांस्कृतिक र पर्यटकीय स्थानको प्रचार गर्ने बताइन्।