दाङबाट आयो खुशी हुनु तिमी (भिडियोसहित)

0
Shares

राज पायल रोका मगरको गीत खुसी हुनू तिमी सार्वजनिक भएको छ। झग्गु भण्डारीको निर्देशनमा तयार भएको गीतको भिडियोमा देव मगर, रचना रोका र तेज ओलीको मुख्य भूमिका रहेको छ।

चलचित्र पत्रकार संघ नेपाल, दाङ शाखाको आयोजनामा भएको गीत रिलिज कार्यक्रममा बोल्दै निर्देशक भण्डारीले म्युजिक भिडियो बनाउँदा केही प्राविधिक कठिनाइ भए पनि भिडियो राम्रो बनेको र दाङमा फिल्म र भिडियो छायांकनका लागि पर्याप्त लोकेसन रहेको चर्चा गरे।

म्युजिक भिडियोमार्फत निर्देशकले समाजमा देखिने वा गरिने प्रेमी र प्रेमिका बीचका सबै मायाप्रेम वास्तविक नहुन पनि सक्छन् अर्थात् मायामा पनि थुप्रै स्वार्थ लुकेका हुन्छन् भन्ने सन्देश दिन खोजेका छन्।

भिडियोमा निर्देशक भण्डारीले दाङ जिल्लाका विभिन्न रमणीय ठाउँलाई आकर्षक ढंगले प्रस्तुत गरेका छन्। चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै दाङका निवर्तमान अध्यक्ष ध्रुवराज न्यौपाने, फिल्म निर्देशक तथा साहित्यकार डिल्ली बस्नेत ‘संगीत’ र म्युजिक भिडियो निर्देशक अमृतमान ओलीले सीमित श्रोत र साधनका बाबजुद पनि म्युजिक भिडियो राम्रो र आकर्षक बनेको चर्चा गरे।

विष्णु अधिकारीको संगीत रहेको गीतमा लक्ष्मण ‘शिशिर’ को शब्द रहेको छ भने विप्लव अधिकारीले सम्पादन गरेको भिडियो राज पायल रोका मगर युट्युब च्यानलमार्फत रिलिज गरिएको छ।