मन्त्रीको निर्देशनसँगै फेरिदै धोविखोला कोरिडोरले मुहार (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकाको खोला मध्यको धोविखोला पनि एक हो । धोविखोला काठमाडौंको सभ्यता पनि हो । काठमाडौंमा बढदो शहरीकरणसँगै जनसंख्या तथा मानवीय कारणले खोलाको अस्तित्व नै संकटमा पर्ने खतरा भएपछि सरकारले खोलालाई बचाउने काम अगाडि बढाएको छ । पहिचान नै लोभ हुने अवस्था सृजना भएपछि सरकारले धोविखोलाको संरक्षण र सम्बद्र्धमा विशेष ध्यान दिएको छ । मानविय कारणले कुरुप र प्रदुषित बन्न पुगेको खोलालाई अहिले पुरानै अवस्थामा फर्काउने अभियान थालिएको छ । खोलाको संरक्षण र विकासको लागि सरकारले अगाडि सारेको कोरिडोर निर्माणको कामले भने काठमाडौं उपत्यकाको दैनिकीमै परिवर्तन ल्याउन सफल भएको छ ।

धोविखोला कोरिडारमा देखिएको समस्या समाधानको काम सुरु भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोविखोला कोरिडोर क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएसँगै सुधारको काम अगाडि बढेको हो । कोरिडोर क्षेत्रमा फोहोर फ्याक्ने र खोलामा सिधै ढल मिसाएको विषयमा चासो लिदै मन्त्री झाँक्रीले कोरिडोरको सौन्दर्यकरणको कामलाई तीब्रता दिनुभएको थियो । मन्त्रीको निर्देशनसँगै काठमार्डौ उपत्यका विकास प्राधिकरणले कोरिडोरको सरसफाइदेखि लिएर सडकमा जेब्राक्रसिङ र लेन मार्किङ, लाइट रिफ्क्टर रिफेक्लेटर, फुटपाथ मिलाउने नाली सफा गर्ने, खोला सफाई गर्ने, मेसिन दैनिक १२ जनाले गरेका छन् ।

सडक सुधार गर्ने, झार उखेल्ने, स्टेमेट हुँदैछ । बजेट राख्ने काम अगाडि बढाएको छ । उपत्यका बिकास प्राधिकरणले स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेटेर धोविखोला व्यावस्थापन र सौन्दर्यीकरणका बारेमा छलफल गरेको छ । कार्यक्रममा काठमाडौं महानगरपालिका ४, ५, ७, ९, १०, ११, २९, ३०, र बुढानिलकण्ठ नगरपालिकाका ८, ९, १०, १३ का वडाअध्यक्ष र सदस्यहरुको उपस्थिति थियो । धोविखोला कोरिडोर निर्माणको ९५ प्रतिशत काम सकिए पनि निलो पुल छेउको क्षेत्रमा ३ वटा घरको मुअब्जाका कारण र अर्कोतिर पहिरो व्यास्थापनका कारण काममा ढिलाइ भएको छ । साथै काम सम्पन्न भइसकेको ठाउँमा बाटो र पुलमुनीको भागमा जथाभावी फोहोर थुप्रिएको, खोलामा ढल मिसिएको सन्दर्भलाई लिएर यसको समाधानका लागि प्राधिकरणले स्थानीय जनप्रतिनिधिसँग छलफल गरेको हो ।

धोविखोलामा अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत बिकास समितिले ढल राख्ने काम गरेको छ भने कोरिडोर निर्माणकार्य काठमाडौं उपत्यका बिकास प्राधिकरणले गरेको छ । वडाध्यक्षहरुले धोविखोला कोरिडोरले शहरको ठूलो ट्राफिक चापलाई व्यवस्थापन गर्न सहयोग पुगेको भए पनि हरेक बर्ष आउने बाढीले स्थानीय जनताले दुख पाएको कारण अब योजना बद्द रुपमा अगाडि बढ्नुपर्ने र धोविखोलाको व्यावस्थापन सबैको जिम्मेवारी भएकोले समन्वय गरेर काम गर्नुपर्ने धारणा राखेका थिए ।

त्यस्तै अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत बिकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले वागमतीसहति उसका सहायक नदीहरुको सरसफाइमा सबै निकायले ध्यान दिनुपर्ने र कसैले पनि अर्को निकायको जिम्मेवारी हो भनेर पन्छन नहुने बताए । विगतमा कोरिडोर निर्माणको काममा तत्काल गर्न सक्ने कामहरु पनि नगरिएको र अब त्यस्ता कुरालाई ध्यानमा राखेर सडकमा कलरकोड, बत्ती, हरियाली, फुटपाथलाई फुटपाथको रुपमा नै प्रयोग गर्ने वातावरण समेत मिलाउने प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताइन् ।

छलफलले धोविखोला आयोजना प्रमुख दिनेश कृष्ण पोतेको संयोजकत्वमा काठमाडौं नगरपालिका, बुढानिलकण्ठ नगरपालिकाका वडा प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत किकास समितिका प्रतिनिधि, ट्राफिक महाशाखाका प्रतिनिधिसमेत रहने गरी धोविखोला व्यावस्थापन समन्वय समिति गठन गरेको छ ।

यो समितिले खोलाको सौन्दर्यीकरण, ढल व्यावस्थनपन, फोहोर व्यवस्थापन, वृक्षरोपण र त्यसको संरक्षण , पार्क निर्माणका लागि सार्वजनिक जग्गाको पहिचान लगायतका काममा समन्वयात्मक भुमिका निर्वाह गर्नेछ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गत धोबिखोला कोरिडोर सुधार आयोजना मार्फत कोरिडोर को सौन्दर्यीयकरण एवं सुधार का लागि कोरिडोर सरसफाई तथा सो को अनुगमन
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थान कम गर्न वैकल्पिक सडको रुपमा निर्माण गरिएको धोविखोला कोरिडारमा फोहोर फ्याक्ने क्रम बढेसँगै सिसी क्यामेरा जडान गरेर निगरानी गरिने भएको छ । धोविखोला आसपासको क्षेत्रमा फोहोर फ्याक्दा प्रदुषण बढदै गएपछि फोहोर फ्याक्नेको पहिचान गरेर कारवाही गर्न सिसी क्यामेरा जडान गर्न लागिएको हो । धोविखोलाको दायाँबायाँ निर्माण गरिएको कोरिडारलाई सफा राख्न चुनौती थपिसँगै प्रविधिको प्रयोग मार्फत निगरानी बढाइने योजना शहरी विकास मन्त्रालयले अगाडि सारेको छ । कोरिडार अन्तर्गत पुल आपसापको क्षेत्रमा रहेका पुलमुनि फोहोर फ्याक्ने क्रम बढेकाले सिसी क्यामेरा जडान गरेर निगरानी गर्न मन्त्रालयले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिएको छ ।

बागमती दोभानदेखि बुढानिलकण्ठसम्म दायाँबायाँ १२/१२ किलोमिटर गरेर २४ किलोमिटर कोरिडार निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । बाँकी पाँच प्रतिशत काम निर्माणकै चरणमा रहेको छ । तीन वटा घरलाई मुअब्जा दिन बाँकी रहेका कारण कोरिडोर पूर्ण रुपमा सञ्चालनमा आउन सकिरहेको छैन् । प्राधिकरणले तीन वटा घरलाई मुअब्जा दिनको लागि शहरी विकास मन्त्रालयमा बजेट माग गरेर पठाइसकेको छ ।

धोवीखोला कोरिडारको क्षेत्रमा फोहोर फ्याक्ने र मापदण्ड विपरीत ढल मिसाउने क्रम बढेसपछि शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले स्थलगत अनुगमन गरेर देखा परेका समस्या तत्काल समाधान गर्न प्राधिकरणलाई निर्देशन दिनुभएको छ । उहाँले निर्माण हुन बाँकी रहेको कामलाई तत्काल सम्पन्न गर्न निर्देशन दिदै कोरिडारको सौन्दर्यकरण र सरसफाइमा ध्यान दिन प्राधिकरणलाई निर्देशन दिनुभयो ।

कोरिडोर निर्माण मार्फत नदी किनारामा रुख विरुवा रोपेर सौन्दर्यकरणको काम अगाडि बढाए पनि हाल जथाभावी रुपमा सवारी साधन पार्किङ गर्ने र रातको समयमा नदी किनारा र पुल आसपासको क्षेत्रमा फोहोर फ्याक्ने क्रम बढेको छ । मन्त्री झाँक्रीले खोलालाई प्रदुषण हुने गरी मापदण्ड विपरीत ढल मिसाउने माथि पनि कारवाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने बताउदै भन्नुभयो,‘खोलामा जथाभावी फोहोरमैला फ्याक्नेको निगरानी गर्न तत्काल सिसी क्यामेरा जडान गरेर निगरानी अगाडि बढाउनु पर्छ ।’ धोविखोला कोरिडोर अन्तर्गत जग्गा उपलब्ध भएका स्थानमा दुवो फुल र रुखहरु लगाइने हरियाली प्रबद्र्धनको काम तत्काल अगाडि बढाउनुहोस, उहाँले भन्नुभयो ।

बुढानिलण्ठ नगरपालिकाको राम मन्दिरदेखि बागमती दोभानसम्म दायाँबाया निर्माण गरिएको कोरिडार मार्फत काठमाडौं महानगरपालिकाले सवारीको चाप घटाउन वैकल्पिक मार्गका रुपमा लिइएको छ । ०५६ सालमै अघि सारेको कोरिडोर निर्माणको काम हाल सम्पन्न हुने अन्तिम चरणमा रहेको छ । यस कोरिडारेको दायाँबायाँ नै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ढल बिछ्याउने काम गरेको थियो । प्राधिकरणले करिडोरको सडक निर्माण, फुटपाथ, पर्खाल, रेलिङसँगै खोला किनारामा रुख रोपेर हरियाली प्रबद्र्धन गर्ने काम गरेको छ ।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले धोविखोला कोरिडोर अन्तर्गत पर्ने पुल लगायतका विभिन्न स्थानमा फोहोरमैला फ्याँकिएको देखिएकाले त्यसको नियन्त्रणको लागि सिसी टिभी जडान गरेर निगरानी बढाउन प्राधिकरणलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘धोविखोला कोरिडोरको अधिकार क्षेत्रभित्र निर्माण गरिएका संरचना र त्यस क्षेत्रमा रहेका फोहोर हटाउन तत्काल काम अगाडि बढाउन निर्देशन भएको छ ।’

शहरी विकास मन्त्रालयले कोरिडोर क्षेत्रमा अनाधिकृत रुपमा राखिएको निर्माण सामाग्री तत्काल हटाउ पनि निर्देशन दिएको छ । मन्त्रालयले चावहिल पुल, बिजुलीबजार पुल, रातो पुल आसपास क्षेत्रमा तत्काल सरसफाइ गर्न ती पुलमुनिको क्षेत्रमा ढलान र कालोपत्रे गरी पानीको उचित निकासको व्यवस्था मिलाउन पनि प्राधिकरणलाई मन्त्रालयले निर्देशन दिएको छ ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका नायव विकास आयुक्त नारायण प्रसाद भण्डारीले खोला क्षेत्रमा देखिएको समस्या समाधान गर्न सिसी क्यामेरा जडान गरेर निगरानी बढाइने बताउनुभयो । उहाँले खोला क्षेत्रमा देखिएको फोहोर हटाउने र मापदण्ड विपरीत ढल मिसाउने निकायलाई पत्राचार गर्ने काम अगाडि बढाएको जानकारी दिनुभयो ।

धोविखोला कोरिडार क्षेत्रमा साना ठूला गरी एक दर्जन भन्दा पुल रहेका छन् । ती पुल मुनि फोहोर फ्याक्ने क्रम बढदा सवारी आतवजावतमै समस्या हुनुको दुर्गन्ध समेत बढेको छ । कोरिडारमा सिधै ढल मिसाउन नपाइने प्रावधान रहेपनि एक दर्जन भन्दा बढी स्थानमा मापदण्ड विपरीत ढल मिसाउने काम भएको पाइएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौंका जिल्ला आयुक्त दिनेश कृष्ण पोतेले फोहोर नफाल्न कोरिडोर क्षेत्रमा जनचेतना जगाउनको लागि माइकिङको काम सुरु गरिएको बताउनुभयो । उहाँले हालसम्म कोरिडार निर्माणमा करिब ३ अर्ब ३० खर्च भएका बताउदै पाँच प्रतिशत मात्र निर्माणको काम बाँकी रहेको जानकारी दिनुभयो ।