जीवितै उद्धार गरिएका युवकको अस्पतालमा मृत्यु

0
Shares

किरन धामी, दार्चुला ।

नुहाउने क्रममा महाकाली नदीमा डुबेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको ब्याँस गाउँपालिका–४ सुन्सेरा घर भएका २१ वर्षिय सुभाष कुवरलाई महाकाली नदीबाट जीवितै उद्धार गरेको भए पनि जिल्ला अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

‘महाकाली नदीमा नुहाउने क्रममा डुबेका युवकको जीवितै उद्धार गरी जिल्ला अस्पताल पुर्‍यायौँ, दिउसो २ बजे डाक्टरले मृत घोषणा गर्‍यो जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी माधव विश्वकर्माले भन्नुभयो ।’ खलङ्गामा डेरा गरी बस्दै आएका ती युवक महाकाली नगरपालिका–४ बंगाबगर नजिक महाकाली नदीमा नुहाउने क्रममा डुबेको बताइएको छ ।

नुहाउने क्रममा डुबेका युवकलाई स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले जीवितै उद्धार गरी उपचारका लागी अस्पताल पुर्‍याएका थिए । मृत्यु पछि युवकको शव पोष्टमार्टमका लागी अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।