फिमेल भर्सनमा तिमी आउँछौ कि…

0
Shares

लोकपप गायक सुनील गिरीको नयाँ गीत को होला त्यो २ को फिमेल भर्सन तिमी आउँछौ कि भनीको भिडियो सार्वजनिक गरिएको छ। गायक गिरीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा शब्द र संगीत गायक गिरीकै रहेको छ भने गायिका सुमन गुरुङले स्वर दिएकी छन्।

गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। पल शाह र कृष्टिना थापाको अभिनय रहेको भिडियोमा प्रेमीकाले औधि माया गरेका प्रेमीको पर्खाइ र सम्झनामा बिताएका दिनलाई निर्देशक अनिल के मानन्धरले प्रस्तुत गरेका छन्।

गायक गिरीले तिमी आउँछौ किमा दर्शकले बिल्कुलै नयाँ स्वाद पाउने बताए। भिडियोको छायांकन पनि निर्देशन अनिल के मानन्धरले नै गरेका छन् भने सम्पादन मनोज कार्कीले गरेका छन्।