भिडियोमा परदेशीको पीडा

0
Shares

परदेशीको पीडा र मनोभावनालाई प्रस्तुत गरिएको म्युजिक भिडियो तिम्रो याद आयो सार्वजनिक गरिएको छ। गीतमा गोपाल लोहारको शब्द रचना तथा सविन सुवेदीको स्वर रहेको छ। दीपक शर्माले संगीतबद्ध गरेको गीतमा संगीत संयोजन उदयराज पौडेलको रहेको छ।

भिडियोमा परिवारका सदस्य टाढा हुँदाको पीडा र विदेशमा भोग्नुपरेको मर्मलाई विजय बराल, प्रमिला खनाल र माया पौडेललगायतका कलाकारहरूले जीवन्त बनाएका छन्। श्याम तामाङले छायांकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। काजी लिम्बू र श्याम लामाको सयुक्त निर्देशनमा तयार पारिएको भिडियो गोलो प्रडक्सनको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ।