बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । ज्योति विकास बैंक नुवाकोटमा रहेको आफ्नो खातामा पर्याप्त रकम नहुँदा पनि झुक्याएर चेक दिने नुवाकोटको शिवपुरी गाउँपालिका ८ का ४० वर्षीय लबराज ओली पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनले २०७६ बैशाख ४ गते सो बैंकमा रहेको आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै पनि चेक काटेर अरूलाई साट्न लगाएका थिए । सोही मुद्दामा ओलीलाई बुधबार शिवपुरी गाउँपालिका वडा नं ६, गुर्जुभञ्ज्याङ्गबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

फरार प्रतिवादी ओलीलाई उच्च अदालत पाटनले २०७७ फागुन २३ गते ४ दिन कैद र नौ लाख  त्रिसट्ठी हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।