अमेरिकाबाट आयो तिमीसँग छुट्टिएर (भिडियोसहित)

0
Shares

रियालिटी शो भ्वाइस अफ नेपालका प्रथम विजेता तथा गायक, संगीतकार सिडी विजय अधिकारीको स्वरमा नयाँ गीत तिमीसँग छुट्टिएरको भिडियो हालै रिलिज गरिएको छ।

सम्राट क्रियसन युट्युब च्यानलबाट रिलिज गरिएको गीतको भिडियो अमेरिकामा छायांकन गरिएको छ। आधा दशकदेखि अमेरिका बस्दै आएका फिल्म निर्देशक सुमन दाहालले अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायांकन गरेर त्यहीँबाट सार्वजनिक गरेका हुन्।

गीतको भिडियोमा राजु अधिकारी र निश्मा चापागाईंको मुख्य भूमिका छ। प्रेममा प्रेमिकाले धोका दिएपछि वेदनामा डुबेको प्रेमीको व्यथा पोखिएको छ। कल्पना पाठकले लेखेको गीतमा गायक सिडी विजयले नै संगीत भरेका छन्। वियोगान्त भावको यो गीतमा संगीत संयोजन राजु कार्कीको छ। गीतको भिडियोमा छायांकन र अक्की शर्माको सम्पादन रहेको छ।