पेमासँग राजेशले गाएको गीत ट्रेन्डिङमा

0
Shares

गायक राजेश पायल राईले सिंगिङ रियालिटी शो भ्वाइस अफ किड्सको सेमिफाइनलसम्म पुग्न सफल पेमा देचेन तामाङका साथ आफ्नै संगीत र स्वरमा सै हँमा बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन्।

सै हँमा र सै हँपा अर्थात् राई भाषामा रानी र राजा अर्थ लाग्ने शब्द प्रयोग गरिएको गीतमा शब्द रचना टीका चाम्लिङको रहेको छ भने संगीत संयोजन राजु कार्कीको रहेको छ। भिडियोको छायांकन र सम्पादन मनोज राईले गरेका छन्।

गीत नेपालसहित कतार र कुवेतमा समेत युट्युब ट्रेन्डिङमा परेको छ। कतारमा यो गीत ट्रेन्डिङ नम्बर एकमा पर्न सफल भएको छ। राजेश पायल राईले यसअघि पनि मेलिना मैनाली, विशाखा साही, सुदिता राई, सुजिता योञ्जन, ईशान राई, वैशाली लामालगायतका द भ्वाइसका प्रतियोगीहरूसँग आफ्नै संगीतमा युगल गीत रेकर्ड गराएर सार्वजनिक गरेका छन्। यसरी नै नयाँ प्रतिभाहरूलाई राजेश पायल राई म्युजिक एकेडेमीमार्फत मौका दिइरहने गायक राजेश पायल राईले बताए।