पहिरनको सकस

0
Shares

अभिनेत्रीहरू आकर्षक देखिनका लागि छोटा कपडा लाउने गर्छन्। तर, त्यही छोटा कपडाको कारण कतिपय अवस्थामा उनीहरूलाई नै आफूले लगाएको कपडा सम्हाल्न गाह्रो परिरहेको हुन्छ भने कतिपय अवस्थामा भने छोटो कपडा लगाएकै कारण आलोचित बन्न पुग्छन्।

बलिउड अभिनेत्री अनन्या पाण्डेले पनि हालै आफ्नो ड्रेसिङ सेन्सका कारण यस्तै हैरानी व्यहोर्नुपरेको छ। फिल्म गहराइयाको प्रोमोसनमा हिँडेकी अनन्यालाई आफूले लगाएको रातो रङको छोटो कपडाले निकै सास्ती दियो। भारतीय सञ्चार माध्यमका अनुसार प्रोमोसनको क्रममा अनन्याले आफूले लगाएको कपडाका कारण पाइला सार्नसमेत गाह्रो भइरहेको थियो भने उनी उक्त कपडा बारम्बार तल तानिरहेको देखिन्थिन्।

प्रमोसनका क्रममा अनन्याको एउटा हात भने आफूले लगाएको लुगा माथि नसरोस् भनेर लुगा तान्नमा नै व्यस्त रहेको थियो। उक्त समयको भिडियो तथा फोटो सामाजिक सञ्जालमा समेत भाइरल भएको छ। जसमा अनन्या आफ्नो एउटा हातले लुगा तल तानिरहेको देखिन्छिन्। यही फोटोलाई लिएर अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अनन्यालाई मजाक बनाइरहेका छन्।

मानिसहरूले उनलाई आफूलाई नै असहज हुने गरी कपडा नलगाउन सल्लाह दिइरहेका छन् भने अनन्यासँग ड्रेसिङ सेन्स नभएको जस्ता प्रतिक्रिया दिइरहेका छन्। केही दिन अघि कठ्यांग्रिदो जाडोमा क्रप टिसर्ट लगाएर फिल्म प्रमोसनमा हिँडेकी अनन्यालाई निकै जाडो भएपछि सिद्धान्त चतुर्वेदीले आफ्नो ज्याकेट फुकालेर लगाइदिएपछि पनि उनी ट्रोलको शिकार बनेकी थिइन्।अभिनेता चंकी पाण्डेकी छोरी अनन्यालाई पछिल्लो समय चर्चामा आउनका लागि छोटा कपडा लगाएको आरोप लाग्ने गरेको छ।