मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका दुवै उम्मेदवार विजयी

0
Shares

न्युज अफ नेपाल, जनकपुरधाम ।

राष्ट्रिय सभा सदस्यमा मधेस प्रदेशमा दुवै सिटमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

बुधबार मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित महेन्द्रनारायण प्रतिष्ठानमा भएको मतदानमा अन्यतर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मोहम्मद खालिक सिद्दिकी र महिलातर्फ माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल विजयी भएका हुन् ।

सिद्दिकीले स्थानीय तहतर्फ १ सय ७१ मत अर्थात् ३ हजार ७८ मतभार प्राप्त गरेका छन् । अर्यालले स्थानीय तहतर्फ १ सय ५८ मत अर्थात् २ हजार ८ सय ४४ मतभार प्राप्त गरेकी थिइन् । प्रदेशसभातर्फ ६९ मत अर्थात् ३हजार ३सय १२ मतभार र सिद्दिकीले ७५ मत अर्थात् अर्थात् ३ हजार ६ सय मत प्राप्त गरेका छन् ।

यसरी स्थानीय तह र प्रदेश गरी सिद्दिकीले ६ हजार ६ सय ७८ मतभार र अर्यालले ६ हजार १ सय ५६ मत पाएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार अर्यालका प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले स्थानीय तह ८१ मत आर्थात् १ हजार ४ सय ५८ र प्रदेश तर्फ २७ मत अर्थात् १ हजार २ सय ९६ मत गरी कुल मतभार २ हजार ७ सय ५४ पाएकी थिइन् । त्यसैगरि, एमालेकी उम्मेदवार बिनादेवी यादवले स्थानीय तहतर्फ ९ अर्थात् १६२ मतभार र प्रदेश तर्फ ३ अर्थात् १४४ गरी ३सय ६ मतभार पाएकी हुन् ।

त्यसैगरि, सिद्दिका प्रतिद्वन्द्वी तथा एमाले र लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारीले स्थानीय तहतर्फ ८७ मत अर्थात् १ हजार ५ सय ६६ र प्रदेशतर्फ २५ अर्थात् १ हजार २ सय गरी कुल २ हजार ७ सय ६६ मतभार प्राप्त गरेका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार अन्य कोटामा प्रदेशतर्फ २ र स्थानीय तहतर्फ ६ गरी ८ मत बदर भएको थियो भने महिला कोटामा तर्फ प्रदेशतर्फ ३ र स्थानीय तहतर्फ १६ गरी १९ मत बदर भएको थियो ।