मन्त्री झाँक्रीद्वारा पत्रकार एलबी विश्वकर्माको परिवारलाई सहयोग

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गत बिहीबार निधन भएका पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको परिवारलाई रु ३२ हजार सहयोग गर्नुभएको छ । अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशील पत्रकारिता गरिरहेका विकले थोरै पैसाको अभावमा ज्यान गुमाएको समाचार सार्वजनिक भएपछि मन्त्री झाँक्रीले आफ्नो तलबको आधा रकम उपलब्ध गराउनुभएको हो ।

मन्त्री झाँक्रीले मृतक विकको श्रीमतीको अछाममा रहेको नवील बैँकको खातामा रकम ट्रान्सफर गरिदिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण पत्रकार विकको मृत्यु भएको विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउन पहल गर्नुपर्ने विश्वास व्यक्त गर्नुभएको मन्त्री झाँक्रीले विकप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्नुभएको सचिवालयले जनाएको छ ।