खानी तथा भूगर्भ विभागका महानिर्देशक र उपमहानिर्देशकसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा (पूर्णपाठसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे र उपमहानिर्देशक जयराज घिमिरेसहित १८ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । खनिज पदार्थ उत्खननमा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको हो।

उनीहरूविरुद्ध १ अर्ब २४ करोडभन्दा बढी रकम विगो माग गर्दै आज बुधबार मुद्दा दायर गरिएको हो । चुनढुङ्गा उत्खनन गर्दा खानी सञ्चालकसँग मिलेर कर्मचारीले प्राकृतिक स्रोतसाधन दोहनमा सघाएको अख्तियारको आरोप छ ।