वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोना भाइरस संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश गौतमले जानकारी दिएका छन् ।

‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।