चुम्बनको मामलामा शिल्पालाई सफाइ

0
Shares

बलिउड अभिनेत्री शिल्पा शेट्ठीले १५ वर्षपछि चुम्बनको मामलामा राहत पाएकी छिन्। शिल्पा सन् २००७ मा एचआईभी एड्सविरुद्ध आयोजना गरिएको एक सचेतनामूलक कार्यक्रममा सार्वजनिक स्थानमा अश्लील हर्कत गरेको आरोपमा मुद्दा खेप्दै आएकी शिल्पालाई मुम्बई अदालतले सफाइ दिएको छ।

शिल्पा सन् २००७ मा भारतको राजस्थानमा सहभागी भएको एक कार्यक्रमा भएकी थिइन्। जहाँ हलिउड अभिनेता रिचर्डस गेरे पनि सहभागी थिए। कार्यक्रमको दौरानमा स्टेजमा शिल्पा र रिचर्डस मात्र थिए। सोही बीचमा रिचर्डसले अचानक शिल्पालाई अंगालोमा बाँधेर चुम्बन गरेका थिए। त्यसबेला रिचर्डको अचानकको चुम्बनले शिल्पा पनि अक्क न बक्क परेक थिइन्।

त्यस घटनालाई लिएर हो हल्ला नै मच्चिन पुगेको थियो। पछि शिल्पामाथि सार्वजनिक स्थानमा अश्लीलता फैलाएको आरोप लगाउँदै राजस्थान तथा गाजियाबादबाट उनीमाथि दुई केस दर्ता भएका थिए। शिल्पाको तर्फबाट उनको वकिल मधुकर दलवीले शिल्पाको गल्ती नभएको र उनलाई दोष मुक्त गरिनुपर्ने आवेदन दिएका थिए। पछि उक्त मुद्दालाई मुम्बई पठाइएको थियो। उक्त मुद्दामाथि फैसला गर्दै मुम्बई अदालतले हालै शिल्पालाई सफाइ दिएको छ।

शिल्पाले उक्त घटनालगत्तै आफ्नो पक्षमा भनाइ राखेको र शिल्पामाथिको आरोप निराधार भएको भन्दै अदालतले उनलाई सफाइ दिएको वेब दुनियाँमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ।