पञ्चेबाजा बजाउँदै सार्वजनिक (भिडियोसहित)

0
Shares

गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत पञ्चेबाजा बजाउँदैको भिडियो सार्वजनिक भएको छ। गीतमा येदिन गजमेरको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा मोडलद्वय सुधिर श्रेष्ठ र करिश्मा ढकालले अभिनय गरेका छन्।

भिडियोमा सुधीर र करिश्मा गज्जबसँग खुलेका छन्। काठमाडौंको गोकर्ण नगरपालिकाको उत्तरबाहिनी मन्दिरमा छायांकन गरिएको भिडियोको निर्देशन पनि गायक रेग्मीले नै गरेका हुन्। पुष्कर सुनुवारको एरेन्ज रहेको गीतको भिडियोमा केशवराज भट्टको कोरियोग्राफी रहेको छ। बुद्ध थापाको छायांकन र विकास दाहालको सम्पादन रहेको भिडियो रिदिन इन्टरटेनमेन्टमार्फत बजारमा ल्याइएको छ।