आर्यनको खुसी (भिडियोसहित)

0
Shares

द भ्वाइस अफ नेपाल सिजन–३ का फाइनलिस्ट आर्यन तामाङको स्वरमा खुसी बोलको गीत सार्वजनिक भएको छ। अशोक खड्काको शब्द रचना र निरोज लामाको संगीत रहेको गीत भिडियोसहित ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। गीतमा खुसी नारीको गहना भएकाले माया गर्नेले यसलाई सम्हाल्न सक्नुपर्ने र त्यही नै सच्चा माया हुने भाव व्यक्त गरिएको छ।

भिडियोमा गीतको भावअनुसार खुसी भन्ने एउटी रचनाकार युवतीको खुसीलाई गायक आर्यनले बुझेर स्वीकार गरेको कथा देखाउने प्रयास गरिएको छ। जसमा नयाँ कलाकार रोशन कालिकोटे र रविना थिङले अभिनय गरेका छन्।

अशोक खड्काको निर्देशन रहेको भिडियोमा सुशील बानियाँको छायांकन र सुरेश राउतको सम्पादन रहेको छ।