कट्रिना पहिरनले चर्चामा

0
Shares

सेलिब्रेटीहरुका विभिन्न क्रियाकलाप, लवाइखुवाइदेखि कहिलेकाहीँ सामान्य विषय पनि चर्चाको विषय बन्ने गर्छ। विभिन्न अवसरमा महंगा कपडा लगाएका कारण सेलिब्रेटीहरू चर्चामा रहने गर्छन्।

नवविवाहित बलिउड अभिनेत्री कट्रिना कैफ पनि त्यस्तै महंगो विवाह, गरगहना तथा गिफ्टका कारण चर्चामा रहिन्। महंगो लुगाकै कारण उनी फेरि पनि चर्चाको विषय बनेकी छिन्। हालै नयाँ फिल्म सुटिङका लागि इन्दौर पुगेका पति विक्की कौशललाई भेटेर फर्कने क्रममा मुम्बई एयरपोर्टमा देखिएकी कट्रिनाले लगाएको गुलाफी रङको हुडी चर्चाको विषय बनेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सामान्य देखिने कट्रिनाले लगाएको गुचीको उक्त हुडीको मूल्य ८० हजार भारतीय रुपियाँ रहेको छ। कट्रिना छिट्टै टाइगर ३ मा सलमान खानका साथ देखिँदै छिन्। त्यसका साथै फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म जिले जरामा आलिया भट्ट तथा प्रियंका चोपडाका साथ देखिँदै छिन्।