काठमाडौंमा थप ३,६३४ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप ३,६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै आज काठमाडौं उपत्यकामा ४,६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।