जुम्लामा कोरोना स्वास्थ्य सामग्री जुटाउँदै



जुम्ला ।

कोरोनाभाइरसको तेस्रो लहर लड्न जुम्लाका सरोकारवालाको टोलीले स्वास्थ्य सामग्री जुटाउन थालेको छ । जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला समन्वय समिति लागायत विपद् सम्बन्धी काम गर्ने संस्थाहरूले स्वास्थ्य सामग्री जुटाउन थालेका हुन् ।

सोमबार जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी विजया प्रसाईं अध्यक्षतामा बसेको बैठकले विपद् क्षेत्रमा जिल्लामा कार्यरत संघसंस्थालाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्न आह्वान गरेको छ ।

जिल्ला व्यवस्थापन व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी प्रसाईंले अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर, पीपीसेटसहितका स्वास्थ्य सामग्री अभाव भएकाले सहयोग गर्न अनुरोध गरेकी छन् । उनले मौज्दात सामग्री जति तत्काल वितरण गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्