नवनियुक्त रक्षा सचिवलाई जंगी अड्‍डामा यसरी गरियाे स्वागत


न्युज अफ नेपाल, काठमाडौ ।

रक्षा मन्त्रालयका नवनियुक्त रक्षा सचिव किरणराज शर्मालाई नेपाली सेनाद्वारा आज (सोमबार) जंगी अड्‍डामा स्वागत गरिएकाे छ ।

जंगी अड्‍डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति, नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयहरुमा प्रस्तुतिकरण गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुलगायत रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै, उक्त कार्यक्रम अघि उनले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट समेत गरेका थिए ।