डाक्टरको परीक्षामा नक्कली परीक्षार्थीसहित ३ जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

चिकित्सा शिक्षा आयोगद्वारा संचालित एमडी एमएसको प्रवेश परिक्षामा नक्कली परिक्षार्थी बनी परीक्षा दिने र उनलाई सहयोग गर्ने र परीक्षा हलमा अमर्यादित गतिविधि गर्ने तीन जना पक्राउ परेका छन् । शनिबार एलआरआई स्कुल कलंकीबाट उनीहरुलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेहरुमा नक्कली परीक्षार्थी ३० वर्षीय जितेन्द्र कुमार मिश्रा, परीक्षामा सहयोग गर्ने ३४ वर्षीय शशि भूषण सिंह र परिक्षामा अमर्यादित कार्य गर्ने ३२ वर्षीय कृष्ण मुरारी रहेका ब्यूरोले जनाएको छ ।

उनीहरु तीनै जना भारतीय नागरिक हुन् । उनीहरुलाई शिक्षा ऐन, २०२८ बमोजिमको कसूरमा थप अनुसन्धान भइरहेको पनि ब्यूरोले जनाएको छ ।