कोटेश्वरबाट पठाओ चालक अपहरण गर्ने दुई जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोटेश्वरबाट पठाओ चालक अपहरणमा परेका छन् । शनिबार राति ११ बजे उनी अपहरणमा परेका प्रहरीले जनाएको छ । शनिबार राति कोटेश्वरबाट चढेका युवाले धापाखेल पुर्याएर उनलाई अपहरण लुटपाट गरेका थिए । उनको मुखमा टेप र हातखुट्टा डोरीले बाँधेर नगद ८ हजार र मोटरसाइकल समेत लिएर अर्का व्यक्तिसँगै फरार भएका थिए ।

आइतबार बिहान साढे १ बजे पठाओ चालकलाई हारगुहार माग्दै गरेको अवस्थामा स्थानीयले भेटेका थिए । स्थानीयले प्रहरीलाई उनको अवस्थामा जानकारी गराएपछि तत्काल उद्धार गरी पाटन अस्पताल पुर्याएको थियो ।

पठाओ बुक लगेर लैजाने २१ वर्षीय सुमन तामाङ र धापाखेलमा बन्धक बनाउन सहयोग गर्ने उनका साथी मिनराज राई पक्राउ परेका छन् । आइतबार बिहान दुई जनालाई बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुममा राइडरको मोटरसाइकल विक्री गर्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।