टेकु अस्पतालका ५० स्वास्थ्यकर्मी संक्रमित, नियमित खोप कार्यक्रम बन्द

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएपछि एक साताका लागि नियमित खोप कार्यक्रम बन्द गरेको छ ।

कोरोनाविरुद्धको खोप अभियानमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित ५० जनाभन्दा बढीमा कोरोना संक्रमण देखिएकाले १० माघ सोमबारदेखि १६ माघ आइतबारसम्म सात दिन नियमित खोप कार्यक्रम बन्द गरिएको अस्पातलले जनाएको छ ।