भक्तपुरमा तीन महिने बालकको निसास्सिएर मृत्यु, बाबु आमाको अवस्था गम्भीर


पुष्कर बुढाथोकी,भक्तपुर । 

भक्तपुरमा तीन महिने बालकको निसास्सिएर मृत्यु भएको छ ।भक्तपुर जिल्ला सूर्य विनायक नगरपालिका ४ दधिकोट बस्दै आएका रामेछाप मन्थली घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिने छोराको निसासिएर मृत्यु भएको हो ।

शनिवार बेलुका अभिषेक र उनकी २८ वर्षीय श्रीमती पसुना तामाङ तीन महिने छोरासँग आगो तापेर सुतेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेका अनुसार बिहान अबेरसम्म पनि नउठेकाले स्थानीयले र प्रहरीले झ्यालबाट हेर्दा तीनै जना अचेत अवस्थामा फेला पारेका थिए ।

तत्काल उपचारको लागि मध्यपुर अस्पताल लगिएकामो उपचारकै क्रममा आज बिहान तीन महिने बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै अभिषेक र पसुना दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । गाम्चा स्थित भावना थापाको जस्ताले छाएको घरमा विगत २ वर्ष देखी उनीहरू डेरा गरी बस्दै आएका थिए ।