संगीतकर्मी बाबु छोरा दीपक र अजरको मनैभरि (भिडियोसहित)

0
Shares

संगीतकर्मी बाबुछोरा दीपक जंगम र अजर जंगमको नयाँ गीत सार्वजनिक भएको छ। संगीतकार पिता दीपक जंगमको संगीत र संगीतकार तथा गायक पुत्र अजर जंगमको स्वर रहेको मनैभरिको बोलको गीतमा छ तारा अधिकारीको शब्द रहेको छ। गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।

किरण कँडेलको संगीत संयोजन रहेको गीतको भिडियो शान थापाले निर्देशन गरेका छन्। भिडियोमा संगीतकार दीपक जंगम, गीतकार तारा अधिकारी र गायक अजर जंगमलाई फिचरिङ गरिएको छ। भिडियोमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ। गीतको भिडियो सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।