उपत्यकामा ६,२६३ संक्रमित थपिए, काठमाडौंमा मात्र थप ४,६६६ जना

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्ल्लो २४ घण्टामा काठमाडौंमा थप ४६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै जसमध्ये भक्तपुरमा ५७८, ललितपुरमा १०१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै आज काठमाडौं उपत्यकामा थप ६२६३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आज देशभर थप ११३५२ जना कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।