पिसीआर परीक्षण शुल्क घट्यो : निजीमा १५००, सरकारीमा ८००

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले कोरोना परीक्षणको शुक घटाएको छ । अब निजी अस्पतालमा पिसीआर परीक्षण गर्दा १५०० रुपैयाँ लाग्ने भएको छ । भने सरकारी ल्याबमा कोरोना परीक्षण गर्दा ८०० रुपैयाँ शुल्क तोकिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

यद्यपि सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको भने निःशुल्क परीक्षण हुनेछ मन्त्रालयले उल्लेख गरको छ । यसअघि सरकारीमा पिसीआर परीक्षण शुल्क एक हजार थियो । यस्तै निजी प्रयोगशालाहरुमा पीसीआर टेष्टको शुल्क दुई हजार थियो ।