भिडियोमा जाल बुन्यो माकुरीले

0
Shares

संगीतकार तथा गायक विपिन घिमिरे र गायिका सुजाता केसीले युगल स्वरमा नयाँ लोक शैलीको गीत जाल बुन्यो माकुरीले बजारमा ल्याएका छन्। शिव अधिकारीको शब्द रचना रहेको गीतमा संगीत विपिन घिमिरे र संगीत संयोजन सञ्जय श्रीपालको रहेको छ।

गीतको भिडियोमा जुम्ल्याहा युवा युवतीको अभिनय रहेको छ। भिडियोमा जुम्ल्याहा दाजुभाइ अमर दाहाल र अमृत दाहाल तथा जुम्ल्याहा दिदीबहीनी प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले अभिनय गरेका छन्। गीतको भिडियोलाई रोचक बनाउन जुम्ल्याहा मोडललाई प्रस्तुत गरिएको गायक विपिनले बताए।

रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा मान कृष्ण महर्जनको छायांकन र विकास ज्ञवालीको सम्पादन रहेको छ। भिडियो सुजाता केसीको युट्युब च्यानलबाट रिलिज गरिएको छ।