भारती १५ केजी तौल घटाएपछि झनै क्युट

0
Shares

सधैं कमेडीका कारण चर्चामा रहने चर्चित भारतीय कमेडियन भारती सिंह अहिले भने आफ्नो शरीरिक तौल घटाएका कारण चर्चामा छिन्। मोटी कमेडियनको छवि बनाएकी भारती अब स्लिम कमेडियनमा रूपान्तरण भएकी छिन्।

भारतीले गत लकडाउनको अवधिमा आफ्नो तौल अचम्मको तरिकाले घटाएकी हुन्। उनले इन्टरमिटन्ट फास्टिङ अर्थात् अन्तरिम उपवास विधिमार्फत १० महिनाको अवधिमा १५ किलो तैल घटाएकी हुन्। ‘म दिनमा करिब ७/८ घण्टाभित्र पराठा, बटरलगायतका मनपर्ने खाने कुरा खाएर बाँकी १६ घण्टासम्म केही खाँदिनथे। राति बिहान १२ बजेदेखि बेलुका ७ बजेम्म खानेकुरा खाएर भोलिपल्ट १२ बजेसम्म केही पनि खाँदिन थिएँ’ भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भनेकी छिन्। भारतीको यस प्रकारको कडा खानपानको नियम पालनले उनको शरीरलाई यति फरक पारेको छ कि उनको बदलिएको शरीरले धेरैलाई छक्क पारेको छ। भारतीले केही समयअघि इन्टरमिटेन्ट फास्टिङ विधिबाट आफ्नो तौल घटाएको बताएदेखि नै यो विधि चर्चामा छ भने धेरैजना यही विधिद्वारा आफ्नो तौल घटाउने लागिपरेका छन्।

केही समयअघि डान्स दिवाने ३ को सेटमा पापराजीले खिचेको भारतीको तस्वीर निकै चर्चामा आएको थियो। शरीरको तौल घटाएपछि पहिलोपटक बाहिरिएको भारतीको उक्त तस्वीरमा भारती पहिलाको भन्दा निकै फरक देखिन्छिन्। उनले आफ्नो तौल ९१ केजीबाट १५ केजी झारेर ७६ केजीमा ल्याएकी छिन्। ३७ वर्षीया उनको भनाइ छ ‘लकडाउनले हामीलाई धेरै कुरा सिकाएको छ। आफ्नो परिवारको महत्वदेखि लिएर आफूलाई कसरी स्याहार गर्ने भन्ने बारे सिकाएको छ।

अहिले म आफूलाई निकै सजिलो महशुस गर्छु। म मोटी हुँदा धेरैले मलाई क्युट भनेर सम्बोधन गर्थे। सीधै मोटी भन्न नसकेर मानिसहरू मलाई बब्ली भनेर पनि सम्बोधन गर्थे। अरूले मलाई मोटी भनेर बोलाउनुभन्दा अघि नै मैले आफूलाई हात्ती तथा गैंडाको बच्चा भनेर कमेडीमा प्रस्तुत गर्न थालेँ। जुन कुराले अरूलाई हँसायो। तर अहिले मेरो तौल घटेपछि पनि मलाई मानिसहरू क्युट भनेर नै सम्बोधन गर्छन्। भारतीले आफ्ना पति शर्ष लिम्बचियाले आफ्नो शरीरमा भएको परिवर्तन मन पराए पनि बाहिरको खाना खान अस्वीकार गर्दा यस्तो नियमको पछाडि नलाग्न भन्ने गरेको बताएकी छिन्। हाल गर्भवती रहेकी भारती अब छिट्टै आमा बन्दैछिन्।