कोरोनाको तेस्रो लहरले सडक व्यापारी मारमा



काठमाडौं ।

कोरोना संक्रमणको तेस्रो लहरको लहरले मुलुकलाई आक्रान्त पारिरहेको बेला सडकमा व्यापार गरी दैनिक गुजारा चलाउनेहरुको अवस्था दयनीय बन्दै गएको छ । राजधानीका सडक किनारामा ब्यापार गर्दै दैनिक जीवन गुजारा गर्नेको संख्या ठुलो छ । रोजगारीका अभावमा बिभिन्न जिल्लाबाट राजधानी प्रवेश गरेकाहरुले सडक व्यापारलाई आफ्नो पेशा बनाउदै आएका छन ।

सिन्धुलीबाट काठमाडौ आउनु भएकी रिता तामाङलाई कोरोना संक्रमणले तीव्र रुप लिन थालेपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको छ । तामाङले राजधानीमा केही समय यता सडक व्यापार गर्दै आउनु भएको छ । बिहान ९ देखि १२ र बेलुका ६ देखि ८ सम्म गरेको ब्यापारले परिवारको पेट पाल्दै आउनु भएकी तामाङलाई कोरोना संक्रमणपछि लकडाउन हुने हो कि भन्ने चिन्ताले पनि सताएको छ ।

विवाहपछि घर व्यवहार सम्हालेर वसकी तामाङ कोरोना महामारीका कारण श्रीमानले राजगारी गुमाएपछि आफै परिवारको पेटपाल्न सडक व्यापार गर्दै आउनु भएको छ । साथीसँग १० हजार ऋण लिएर व्यापार शुरु गर्नु भएकी तामाङ काठमाडौं बस्न थालेको ९ बर्ष भयो । रिताका श्रीमान होटलमा खाना पकाउने काम गर्नुहुन्थ्यो । उहांले २ बच्चाको हेरविचार व्यस्त गर्दै आउनु भएको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण सरकारले लकडाउन गरेपछि रिताका श्रीमानको काम भने पुर्ण रुपमा बन्द हुन पुगेको थियो । श्रीमानको कमाइ नभएपछि तामाङ आफै व्यापार गर्न सडकमा आउनु भएको थियो । शुरुमा व्यापार गर्न लाज लाग्ने गरेको बताउने तामाङ आजकल भने अभ्यस्त हुनु भएको छ । १ वर्ष देखि सडक ब्यापार गर्दै आएकी तामाङले आफुले सोचेजस्तो ब्यापार भएको गुनासो गर्नु भयो । सडक ब्यापार गर्नेवीचको अस्वस्त प्रतिस्प्रर्धाले सोचेजस्तो कमाइ नभएको उहांले गुनासो गर्नु भयो ।

सडकमा पसल गर्न निकै कठिनाई हुने अनुवभ बटुल्नु भएकी तामाङले भन्नुभयो – महानगरका प्रहरी आएर सामान कतिखेर उठाएर लैजाने हो भन्ने चिन्ताले सधै सताउछ । सडक ब्यापारबाट हरेक दिन ४ –५ सय फाइदा हुने र त्यसैले परिवार पाल्दै आएको उहांले बताउनुभयो । तामाङ भन्नुहुन्छ—’बिहान ४ बजे उठेर होलसेल बजार गएर ७ बजे सामान ल्याउँछु तैपनि नाफा थोरै भएपनि कोठा भाडा, खाना खर्च, बच्चाहरुको पढाई लेखाइ खर्च पुर्याउदै आएको छु ।’ श्रीमानले अहिले बच्चाहरुको रेखदेख गर्दै आएको उहांले जानकारी दिनुभयो ।

तामाङ जस्तै अन्य सडक ब्यापारीलाई पनि कोरोना संक्रमणले व्यापार चौपट बनाइदिएकाले रोजीरोटी कसरी चलाउने भन्ने चिन्ताले सताएको छ । ऋण लिएर सडक ब्यापारमा आएकाहरुलाई कोरोना संक्रमणको तीव्र फैलावटले थप चिन्तित बनाई दिएको छ । बल्लबल्ल दोस्रो लहरको लकडाउनको ऋण आधा तिरेकी थिएँ आधा बाँकी नै छ अब फेरि तेस्रो लहरको कोरोना महामारीबाट झ्नै ठुलो संकट हुने हुने को कि भन्ने चिन्ताले उहांलाई सताएको छ ।

जनकपुरका धिरज यादव १० वर्षदेखि काठमाडौंको कपुरधारामा ५ हजार लगानी गरेर ठेलागाडामा चटपट र पानीपुरी बेच्दै आउनु भएको छ । लकडाउन अघि महिनामा २५ हजार बचाउने गर्नु भएका यादवलाई अहिले भने ब्यापार घटेकाले चिन्तित वनाएको छ । परिवारको खर्च सजिलैसँग चलेको थियो तर कोरोनाले गर्दा व्यापार चौपट बनाएदियो यादवले गुनासो गर्नुभयो । कोरोनाको कारणले नै आफ्नो आमालाई समेत उपचारको क्रममा गुमाउनु भएका यादवलाई अहिले परिवार कसरी पाल्ने चन्ने चिन्ताले सताएको छ । (प्रशिक्षार्थी पत्रकार)

प्रतिक्रिया दिनुहोस्