मधेश प्रदेशको पहिचान आज स्थापित भएको छ : राजेन्द्र महतो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको बधाई दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको जनकपुर राजधानी भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।

ुमधेश आन्दोलनको उद्गम स्थल, मेरो निर्वाचन क्षेत्र समेत रहेको जगत जननी माता जानकीको जन्मभूमि ‘जनकपुरधाम’ प्रदेशको स्थायी राजधानी र प्रदेशको नाम ‘मधेश प्रदेश’ प्राप्तीको यस सुखद अवसरमा सम्पुर्ण क्षेत्रवासी, प्रदेशवासी तथा देशवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछुु उनले भनेका छन् ।

यि महत्त्वपूर्ण दुईवटै सफलतामा आफ्नो पार्टीको पनि प्रस्ताव र समर्थन रहेको उनले बताए । उनले राजधानी ‘जनकपुरधाम र नाम ‘मधेश प्रदेश’को पक्षमा मतदान गर्ने सम्पूर्ण राजनीतिक दल र प्रदेशसभा सदस्यमा धन्यवाद दिएका छन् ।

‘दशकौको मधेश आन्दोलन र संर्घष, मधेशी शहिदको सपना मधेश प्रदेशको पहिचान आज स्थापित भएको छ भने ति सम्पूर्ण आन्दोलन तथा संर्घषमा अहम भूमिका निर्वाह गरेको पावन भुमि जनकपुरधामको पनि सम्मान भएको छ’, उनले भनेका छन् ।

अव मधेश प्रदेशको मुख्य आर्थिक केन्द्र बिरगंजसहित सवै जिल्लाको केन्द्र, शहर, पालिका तथा वडाहरुको समुचित विकासका लागि सबै दल र नेताहरु सकारात्मक रुपमा काम गर्दै समाजिक रुपान्तरणका लागि एकजुट हुने विश्वास रहेको उनले बताएका छन् ।