डान्सिङ नम्बरमा बोलुँ बोलुँ लाग्छ


गायिका खुसी थुलुङ राईको डान्सिङ नम्बर बोलु बोलु लाग्छ मलाई सार्वजनिक भएको छ।गीतमा गीतकार एवं संगीतकार कञ्चन थलङ लिम्बूले १६ वर्ष उमेर पुगेपछि युवतीमा खेल्ने भावनालाई समेटेका छन्।

स्टेजमा नाच्न मिल्ने गीतमाथि म्युजिक भिडियो निर्माण गरिएको छ। म्युजिक भिडियो युगल पोमोले निर्देशन गरेका छन्। भिडियोमा ह्यारी योञ्जन र बिना राउतको अभिनय रहेको छ भने छायाँकार शिव ढकालको छायांकन, अनिल कुमार महर्जनको सम्पादन तथा निर्देशक पोमो र साल्मोन तामाङको कोरियोग्राफी रहेको छ।

गायिका खुसी थुलुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो तेलकोटको रमणीय क्षेत्रमा छायांकन गरिएको छ।