प्रधानन्यायाधीशविरुद्धको दुवै रिट दरपीठ

0
Shares

काठमाडौं, (नेस)।

सर्वोच्च अदालतको रजिस्ट्रारले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन र सम्पत्ति छानबिनको माग राखेर छुट्टाछुट्टै दायर भएको दुईवटा मुद्दा दरपीठ गरेका छन् । प्रधानन्यायाधीशलाई जबरालाई महाभियोग लगाउने प्रक्रिया अघि बढाउन माग गर्दै अधिवक्ता माधवकुमार बस्नेतले दायर गर्नुभएको सो रिट सर्वोच्चका रजिस्ट्रार नारायण पन्थीले दरपीठ गरिदिनुभएको हो ।

रिटमा प्रधानन्यायाधीश जबराविरुद्ध लागेका आरोपहरू अत्यन्त गम्भीर प्रकृतिको भएकाले ती आरोप छानबिन गर्न संविधानबमोजिमको प्रक्रिया अघि बढाउनू भनी आदेश दिन माग गरिएको थियो ।

त्यस्तै, प्रधानन्यायाधीश जबराको सम्पत्तिमाथि छानबिन गर्न माग गर्दै अभिवक्ता बस्नेतले २८ मंसिरमा रिट निवेदन दिनुभएको थियो । लामो समयसम्म दर्ता हुन नसकेको उक्त रिटलाई पनि आइतबार रजिस्ट्रार पन्थीले रिट निवेदकको मागदाबी अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै दरपीठ गर्नुभएको हो ।