नेपाली शान्ति सेनालाई मध्य अफ्रिकामा ‘द फोर्स कमाण्डर्स्’ सम्मान

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ । 

मिनस्का मिसन अन्तर्गत मध्य अफ्रिकी देश  ‘सेन्ट्रल अफ्रिकन रिपब्लिक’मा खटिएको नेपाली सेनाको जबरजंग गणलाई प्रशंसा पत्र प्रदान गरिएको छ ।

उक्त गणको तेस्रो डफ्फाले बोयो इलाकामा गत मंसिर २७ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित ‘जबर-१’ र पुस ९ गतेदेखि हालसम्म जारी ‘जबर-२’ मिसनमार्फत् सो क्षेत्रमा रहेका हतियारधारीहरूलाई हटाउन सफल भएको भन्दै ‘द फोर्स कमाण्डर्स् कमन्डेसन’ नामक सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ । उक्त सम्मान पत्र मिनस्का फोर्स हेडक्वार्टरले त्यहाँस्थित जबरजंग गणलाई प्रदान गरेको हो ।