विवेकशील साझाका अध्यक्ष मिश्रलाई कोरोना संक्रमण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । अध्यक्ष मिश्रले आइतबार सामाजिक सञ्जालमार्फत् आफू कोरोना संक्रमित बनेको जानकारी दिएका छन् ।

‘बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरसको विगविगी  ! म पनि Corona Positive देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथीरशुभेच्छुकहरूलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ।’, उनले लेखेका छन् ।